पुरुषतर्फको एनभीए राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि हेल्प नेपाललाई

132SHARES

२६ चैत, काठमाडौँ । पाँचौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा हेल्प नेपालले एपीएफ क्लबलाई ३–० को सेटमा हराउँदै उपाधि जितेको हो ।

च्याम्पियन बनेको हेल्प नेपालले एपीएफलाई २५–१४, २५–२० र २५–२२ को सोझो सेटमा हरायो । हेल्प नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

उपाधिसँगै हेल्प नेपालले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपीएफले १ लाख ५० हजार रुपैयाँ पाएको छ । नेपाल भलिबल संघले गरेको प्रतियोगितामा पुरुषतर्फ सात टिमको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि?

सम्पूर्ण