पुर्नबहालीको माग गर्दै अस्थाई शिक्षकहरु आन्दोलित

१६ श्रावण २०७६

साउन १६, विराटनगर । पुर्नबहालीको माग गर्दै आन्दोलित भएका अस्थाई शिक्षकहरुले धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

केहि महिना अघि अवकास दिइएका उनिहरु पुर्नबहालीको माग गर्दै शान्तिपुर्ण आन्दोलनका विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।

सो क्रममा उनिहरुले साउन १४ गतेदखी प्रदेश एकका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सामुन्नेको सडकमा धर्ना दिंदै आएका छन । मुख्यमन्त्रीको कार्यालय पश्चिमपट्टिको सडकमा उनीहरु पाल टांगेर धर्नामा बसेका छन ।

आफुहरुको माग पुरा नभएसम्म धर्ना जारी राखिने उनीहरुले जानकारी दिए । अस्थाई शिक्षकहरुलाई पूर्ववत रुपमा उमेरको हदसम्म सेवाबाट नहटाई काम गर्ने अवसर दिनुपर्ने उनीहरुको भनाई छ ।

लामो समयसम्म काम गरेका अस्थायी शिक्षकहरुलाई अवकास दिनु न्यायपूर्ण नभएको धर्नामा बसेको अन्य अस्थाई शिक्षकहरुले दाबी गरेका छन् ।

विज्ञापन बक्स