पुर्नबहालीको माग गर्दै अस्थायी शिक्षकहरु आन्दोलित

१२ श्रावण २०७६

१२ साउन, विराटनर ।
केही महिना अघि अवकास दिइएका अस्थायी शिक्षकहरु पुर्नबहालीको माग गर्दै आन्दोलित भएका छन् । आन्दोलित प्रदेश १ का अस्थाई शिक्षकहरुले आइतबार विराटनगरमा अन्तरक्रिया कार्यक्रम गर्दै दवावमुलक कार्यक्रमहरु तय गरेका छन् ।

अन्तरक्रियामा सहभागि शिक्षकहरुले आफुहरुको अवकास न्यायपूर्ण नरहेको भन्दै पुर्नबहाली गर्न माग गरे । अस्थायी,करार शिक्षक आन्दोलन समिति प्रदेश १ का संयोजक योगेन्द्रप्रसाद यादवले २५ औं बर्षदेखि सेवा दिंदै आएका अस्थायी शिक्षकहरुलाई यत्तिकै अवकास दिनु न्यायपूर्ण नभएको विचार ब्यक्त गरे । उनले अस्थायी शिक्षकहरुले स्थायी गर्न माग गर्दै गरेको लामो आन्दोलनपछि विभिन्न चरणमा सम्झौता भएपनि साधारण परीक्षा लिई स्थायी गर्ने बहानामा एकैचोटीमा सबै शिक्षकहरुलाई अवकास दिइनु उचित नरहेको बताए ।

समितिका जिल्ला संयोजक बुलबुल यादवले शिक्षा ऐनको नवौं संशोधनद्वारा सम्पूर्ण अस्थायी शिक्षकहरुलाई सेवाबाट अवकास दिने परिस्थिति सिर्जन गरिएको दाबी गरे । उनले देशभरिका सम्पूर्ण अस्थायी शिक्षकहरुलाई पुर्ववतरुपमा उमेरको हदसम्म सेवाबाट नहटाई काम गर्ने अवसर दिनुपर्ने माग गरे ।

अन्तक्रियामा झापा,मोरङ, सुनसरी,तेह्रथुम र उदयपुर लगायतक्षेत्रका शिक्षकहरुको सहभागिता थियो । आफुहरुको मागलाई सम्बोधन नगरे थप कडा आन्दोलनमा जाने उनिहरुले चेतावनी समेत दिएका छन् ।

आउदो १४ गते सोहि बिषयलाई लिएर प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिने समितिले जनाएको छ । समितिले आइतबार नै सामाजिक विकास मन्त्रीलाई समेत ज्ञापन बुझाएको छ । प्रदेश १ मा २४ सय बढी र मोरंङमा ३ सय बढी अस्थायी शिक्षक रहेको जनाइएको छ ।

Facebook Comments

विज्ञापन बक्स