पुष्प र साम्राज्ञी स्टारर ‘मारुनी’को ट्रेलर सार्वजनिक (भिडियो)

२१ श्रावण २०७६

२१ साउन, काठमाडौँ ।
साम्राज्ञी आरएल शाह र पुष्प खड्का मुख्य भूमिकामा रहेको चलचित्र ‘मारुनी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

भाद्र १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सो चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । सार्वजनिक ट्रेलरमा साम्राज्ञी, पुष्प र रेविकाबिचको प्रेम र पागलपनलाई देखाइएको छ । पुनम गौतमले निर्माण गरेको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् उनको यो छैटौँ चलचित्र हो । चलचित्रको बारेमा बोल्दै निर्मात्री पुनमले ‘मारुनी’ सफल भए सिक्वेल बनाउने र असफल भए चलचित्र नै निर्माण नगर्ने बताइन् । उनले यस अघि निर्माण गरेको ‘अझै पनि’ सफल भएको थिएन ।
सञ्जय लामाको छायाङ्कन रहेको ‘मारुनी’मा शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री फिल्मका सहा निर्माता हुन् भने गोविन्द फुयाँल र निर्देशक नेपालको कथा रहेको छ । चलचित्रलाई मित्र डी. गुरुङले सम्पादन गरेका हुन् ।

Facebook Comments

विज्ञापन बक्स