पूराणबाट ७ लाख रकम संकलन

0SHARES

४ आश्विन २०७५ नेपाल टाईम्स

सुनसरी,असोज ४
सुनसरीको चतराधाममा अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित विराटनगरमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको पाँचौ दिनसम्म ७ लाख बढी रकम संकलन भएको छ ।

चतरास्थित जगद्गुरु पीठ तथा मन्दिर दीगोरुपमा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न ३० गतेबाट शुरु भएको सप्ताह पुराणमा मंगलबार बेलुकासम्म ५ लाख संकलन भएको आयोजक समितिका सचिव दधिराज सुवेदीले जानकारी दिए ।

यसैगरी बुधबार दिउँसोसम्म थप २ लाख बढी दान रकम प्राप्त भएको छ । जगदगुरु बालसन्त मोहणशरण देवाचार्यको संकल्पअनुसार आयोजित ज्ञानमहायज्ञमा श्रीराधाकृष्ण मन्दिर देवघाटका पीठाधिश आचार्य हरिशरण महाराजले कथावाचन गरिरहेका छन् ।

विराटनगर–४ स्थित दाहाल प्रतिष्ठान परिसरमा आयोजित सप्ताह पुराणमा जगदगुरुले दैनिकरुपमा धार्मिक प्रवचनका साथै नेपालको राष्ट्रिय महिमा गान सञ्चालन गर्दै आइरहेका छन ।

१ करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएकोमा ५० लाख विराटनगरबाट संकलन हुने आयोजकले अपेक्षा गरेको छ ।

विज्ञापन बक्स