पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन

0SHARES

३१ भाद्र २०७७ नेपाल टाईम्स

३१ भदौ, काठमाडौं ।
पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको १०४ वर्षको उमेरमा निधन भएको छ । सिंहको काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे निधन भएको हो ।  निमोनियाका कारण उनको निधन भएको जनाइएकाे छ ।

अनिरुद्र प्रसाद सिंहले २०१३ साल जेठ ८ गते देखि २०१६ साल असोज १५ गते सम्म सर्वोच्च अदालतको प्रधान न्यायाधीशको रुपमा काम गरेका थिए । २०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भएका थिए । त्यसपछि उनी कानुन, वनलगायतका मन्त्री पनि भए ।

२०१८ सालमा उनलाई राजा महेन्द्रले नारायणहिटी राजदरबारमा कार्यालय स्थापना गरी विशेष जाहेरी विभागको प्रमुख नियुक्त गरेका थिए ।२०३२ सालमा उनलाई संविधान सुधार आयोगको अध्यक्ष पदमा मनोनयन गरिएको थियो । २०३४ सालमा तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्तमा उनी नियुक्त भएका थिए ।

उनी अख्तियारमा २०३४ साल पुस १३ गतेदेखि २०४२ साल बैशाख ३० गतेसम्म कार्यरत थिए । त्यसलगत्तै उनी राजसभा स्थायी समितिको सभापतिसमेत बनेका थिए ।

विज्ञापन बक्स