पूर्वराजा दम्पतिलाई अक्सिजनको सपोर्टमा उपचार

699SHARES

१४ बैशाख, काठमाडौ । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको छ ।

नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार दिएको सूचनाअनुसार पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ ।

पूर्वराजारानीसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भनेअक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले सूचनामा उल्लेख गरेको छ । तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको छ ।

वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएपछि संक्रमण पुष्टि भएको थियो ।

छुटाउनुभयो कि?

सम्पूर्ण