पूर्व र मध्य क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने

१६ बैशाख २०७६

काठमाडौ, वैशाख १६
काठमाडौं उपत्यकामा केही दिन यता लगातारजस्तै तापक्रम बढ्दै गएको छ । बिहान र दिउसो पानी नपरेकाले गर्मी बढेको मौसमविद्ले बताएका छन् । काठमाडौंको तापक्रम आइतबार यो वर्षको सबैभन्दा धेरै अर्थात ३० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार काठमाडौंको अधिकतम तापक्रम ३१ डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद् भनाई छ । यसैबीच सोमबार देशको पूर्व र मध्य क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुन पूर्वको समय भएकाले दिउँसो घाम लाग्ने तर बेलुका मेघगर्जनसहित पानी पर्ने सम्भावना भएको मौसमविद् बताउँछन् । पूर्वमा भने दिउँसो पनि आशिंक बद्ली हुन सक्ने छ ।

Facebook Comments

विज्ञापन बक्स