पैदल हिडिरहेका बेला लडेर ३७ बर्षीय पुरुषको मृत्यु

0SHARES

३२ जेष्ठ २०७७ नेपाल टाईम्स

३२ जेष्ठ, पाँचथर ।

पाँचथरको फिदिम नगरपालिका–१ का ३७ बर्षीय चन्द्र कुमार आङवोको लडेर मृत्यु भएको छ ।

शनिवार साँझ ६ बजे सडकमा पैदल हिडिरहेका आङवो अचानक लड्दा घाईते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो । उपचारको क्रममै राती १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

विज्ञापन बक्स