पोखराको निर्वाचनमा सरकारले धाँधली गर्याेः देउवा

0SHARES

१६ मंसिर २०७६ नेपाल टाईम्स

१६ मंसिर, काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले पोखराको निर्वाचनमा सरकारले स्थानीय प्रशासन लगाएर धाँधली गरेको आरोप लगाएका छन् । सोमबार काठमाडाँैको सानेपामा कांग्रेस नेता स्व भिमबहादुर तामांगको ७ औं स्मृति सभामा बोल्दै सरकारले धाँधली गरेको आरोप लगाएका हुन् ।

पोखराको निर्वाचनमा स्थानीय प्रशासनले निष्पक्ष काम नगरेको आरोप लगाउदै सभापति देउबाले प्रशासनलाई पोखरामा सरकारले कांग्रेस बिरुद्ध प्रयोग गरेको पनि आरोप लगाए । कांग्रेसको मत भएको क्षेत्रमा बम पड्काउन लगाएर जनतालाई त्रासमा राखेर निर्वाचनमा धाँधली गरेको सभापति देउबाले बताए ।

कार्यक्रममा बोल्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले जनता सरकार प्रति असन्तुष्ट रहे पनि कांग्रेसलाई रोज्न नसकेको भन्दै समिक्षा हुनु पर्ने बताए । कांग्रेसले इतिहास जपेर मात्र नहुने भन्दै जनतालाई भविष्यमा कस्तो नेपाल दिने भनेर सोच्ने बेला आएको बताए ।

कार्यक्रममा बोल्ने अन्य नेताहरुले निर्वाचन परिणामलाई गम्भीर ढंगले समिक्षा गर्नु पर्ने बताएका थिए ।

विज्ञापन बक्स