पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

0SHARES

४ आश्विन २०७७ नेपाल टाईम्स

४ असाेज, सुनसरी।

सुनसरी हरिनगरा-४ बस्ने २२ बर्षीय सुशिल मेहताको खोलामा डुबेर मृत्यु भएको छ । आज बिहान ११ बजे सोही स्थानमा रहेको मारिया खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हाे ।

स्थानीयले मृत्यु भएकाे जानकारी गराएपछि  ईलाका प्रहरी कार्यालय हरिनगराकाे प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।

विज्ञापन बक्स