प्रदेश नं. १ मा घरेलु हिंसा सम्बन्धी विधेयक पारित

0SHARES

११ आश्विन २०७५ नेपाल टाईम्स

विराटनगर, असोज ११

प्रदेश घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेश सभाको बिहिबार बसेको बैठकमा संसोधनसहित विधेयक पारित गरेको हो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले विधेयक पारित गरियोस भनी प्रस्ताव पेश गरेका थिए । सामाजिक विकास समितिले प्रस्तुत गरेको घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयको प्रतिवेदन माथि सांसद बुद्धिकुमार राजभण्डारीले घरेलु हिंसा सम्बन्धमा बनेको विधेयकले समाजमा घरेलु हिंसा कम हुने र यसबाट असल समाज निर्माण गर्न मदत पुग्ने भन्दै समर्थन जनाए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिंदै सामाजिक विकास मन्त्री जीवन घिमिरेले छलफलमा उठेका बिषयलाई गम्भीरतापूर्वक लिएको र यसमा आएका सुझावलाई समेटेर विधेयकलाई पूर्णता दिएकोमा खुशी गरे ।

विधेयकको दफा १ देखि १६६ सम्मको अंग बनोस भनी सभामुख प्रदीपकुमार भण्डारीको प्रस्ताव सर्वसम्मतिले पारित भयो । प्रदेश सभाकोे बैठकको शुन्य समयमा सांसद अम्विका थापाले वर्षौदेखि ऐलानी जग्गामा बसोबास गर्ने नेपाली जनतालाई व्यवस्थित गर्न धनी पूर्जा अबिलम्व प्रदान गर्न प्रदेश सरकारसंग माग गरे ।

विज्ञापन बक्स