प्रदेश १ मा आज थपिए ११ संक्रमित

0SHARES

१६ असार २०७७ नेपाल टाईम्स

१६ असार, विराटनगर । प्रदेश १ मा मंगलबार ११ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार २ महिला र ९ पुरुषमा संक्रमण देखिएको छ ।

झापामा ५, संखुवासभामा ३, सुनसरीमा २ र खोटाङमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको मेचीनगरमा १, कन्काईनमा ४, संखुवासभाको सभापोखरीमा ३, सुनसरीको इनरुवामा २ र खोटाङको दिक्तेलमा १ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

प्रदेश १ मा संक्रमितको संख्या ५ सय ७८ पुगेको छ । प्रदेश १ मा आज ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरंगका ८ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विज्ञापन बक्स