२७ कार्तिक, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत बुधबार अमेरिका प्रस्थान गर्दैछन् ।
मुख्यमन्त्री कार्यालयको लामो प्रयासपछि कूटनीतिक राहदानी पाएका मुख्यमन्त्री राउत अमेरिकाका लागि प्रस्थान गर्न लागेका हुन्। बुधबार मुख्यमन्त्री राउतसँगै प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा पनि अमेरिका जान लागेका छन्। अपरान्ह ३ बजे उनी त्यसतर्फ प्रस्थान गर्दैछन्।
मुख्यमन्त्री राउत एसोसिएट अफ नेपाली तराइयन इन अमेरिका(एन्टा)ले आयोजना गरेको साधारणसभामा भाग लिन त्यस तर्फ प्रस्थान गर्न लागेका हुन् । एन्टा अमेरिकामा बस्ने मधेशी मूलको नागरिकहरूको संस्था हो ।