प्रधानमन्त्रीले अरुलाई दोष देखाएर उम्कन खोजेको देउवाको आरोप

524SHARES

२७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओलीले अरुलाई दोष देखाएर उम्कन खोजेको बताएका छन् ।

प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रम्मा संवोधन गर्दे सभापति देउवाले प्रधानमन्त्री ओलीकै कारण आज यो अवस्था आइपरेको बताए ।

उनले ‘आफू कार्यकारी प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थोपर्ने र जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न खोजेको तर्क गरे । ‘३ वर्षअघि एमाले र माओवादी मिलेर गठबन्धन गरेर झण्डै दुई तिहाई बहुमत ल्याएर प्रधानमन्त्रीजीले सरकार बनाउनुभएको छ ।

आज उहाँ विश्वासको मत माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ । यसका लागि उहाँ नै जिम्मेवार हुनुहुन्छ’, देउवाले भने । आफ्नो असफलताको दोष अरुलाई थोपर्ने गरेको भन्दै देउवाले प्रधानमन्त्री ओली नेतृत्वको सरकार पूर्ण रुपले असफल भएको बताए ।

छुटाउनुभयो कि?

सम्पूर्ण