प्रधानमन्त्रीले ओलीले भने– जम्मा चार बर्ष धैर्य गर्नुस्

0SHARES

८ फाल्गुन २०७५ नेपाल टाईम्स

धनगढी, फागुन ८
प्रधानमन्त्री केपीशर्मा ओलीले अबको ४ बर्षमा नेपालको नाम सबैभन्दा बढि द्रुत विकास भएको देशको सूचीमा पर्ने दाबी गरेको छन् । सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ४ वर्षमा देशलानई समृद्ध बनाउने बताए । ‘पर्यटन, कृषि, विद्युत, उर्जामा धेरै सम्भावना रहेकोले ४ वर्षमा द्रुत विकास भएको देशको सूचीमा पार्छौ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसका लागि सरकारले आधारहरु खडा गरिसकेको छ ।’

‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउन सरकारले काम गरिरहेको बताउँदै उनले भने, ‘विकास निर्माणका काम अगाडि बढाउनेमा असाधारण ढंगले १ वर्ष बिताएका छौं ।’ प्रधानमन्त्री ओलीले जनताका भावना अनुसार प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गरे ।

संसदमा प्रधानमन्त्री ओलीले निर्मला पन्तको हत्यारालाई कारबाही गर्ने प्रतिबद्धता जनाए । छाउपडी अन्त्यका लागि मुलुकभरी नै सामाजिक जागरण अभियान सञ्चालन गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । ‘हिजोका ऋषीमुनीको यो मुलुकमा अहिले बलात्कार, हत्या जस्ता घटना बढ्नु विश्वमै लज्जाको विषय हो,’ उनले भने ।

विज्ञापन बक्स