विराटनगर, फागुन २
नयां पाइला नामक संस्थाले विराटनगरस्थित सयपत्री परोपकार प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरेको छ । सो संस्थाले प्रेम दिवसको सन्दर्भ पारेर उक्त विद्यालयमा अध्ययनरत अतिविपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरेको हो ।
विराटनगर १ स्थित स्कुल परिसरमा आयोजित कार्यक्रमकाबीच नयाँ पाइलाका संस्थापक सुमन खड्का,सदस्यहरु बिशाल धमला,हिरा घिमिरे,सो स्कुलका प्रधानाध्यापक छत्र कट्वाल र ब्राइट एन्जल सेकेण्डरी स्कुलका इश्वर राउत लगायतले विद्यार्थीलाई शैक्षिक सामाग्रि हस्तान्तरण गरे ।
सो क्रममा उक्त स्कुलमा अध्यनरत ३० जना विद्यार्थीलाई स्कुल ब्याग सहित कपी,कलम लगायतका शैक्षिक सामाग्रि वितरण गरिएको संस्थाका संस्थापक खड्काले जानकारी दिए ।