प्रेस युनियन मोरङको अध्यक्षमा कुमार लुईंटेल

0SHARES

१३ आश्विन २०७५ नेपाल टाईम्स

विराटनगर,असोज १२
नेपाल प्रेस युनियन मोरङको आठौ अधिवेशनबाट कुमार लुईंटेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

नयाँ कार्य समितिको उपाध्यक्षमा विनोद सुवेदी, कौशल निरौला, हरि कोइराला र जितेन्द्र ठाकुर, सचिवमा गोपाल पोखरेल, सह–सचिव रञ्जिता पोखरेल, धिरज दाहाल, विवेक मिश्र, तथा कोषाध्यक्षमा केशव न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा जिना कार्की, अशोक गौतम, अनुज न्यौपाने, मणिराम दाहाल, विरेन्द्रकुमार साह, रस्मिता उदासलगायत निर्विरोध निर्वाचित भएका छन् ।

कुमार लुईंटेल र भोजराज बस्नेतले ४ वर्षे कार्यकाल रहने अध्यक्ष पद २–२ वर्ष सम्हाल्ने सहमति भएको छ । गोला प्रथाबाट पहिलो २ वर्षे कार्यभार कुमार लुईंटेलले सम्हाल्ने निर्णय भएको हो ।

यसैगरी अधिवशेशनले २२ सदस्यीय केन्द्रिय परिषद् र २९ सदस्यीय प्रदेश परिषद् पनि चयन गरेको छ ।

विज्ञापन बक्स