विराटनगर, फागुन ४
सुनसरीको ईटहरी उप–महानगरपालिका –१६ सरस्वति निम्न माध्यमिक विद्यालय बालग्राम नजिक फुटबल खेल्ने क्रममा बिबाद भई चक्कु प्रहार गर्दा २ जना घाईते भएका छन् ।
शुक्रबार दिउँसो ४ बजेको समयमा सोही स्थान बस्ने १६ वर्षीय हिमाल बस्नेत लगायत ४ जना र इटहरी– १० बस्ने १६ वर्षीय अनिस राई लगायत अन्य ४– ५ जना बिच फुटबलको निहुँमा विवाद भई चक्कु प्रहार गर्दा अनिस राईको दाहिने पेटमा चक्कुले लागेको थियो । चक्कु प्रहारबाट हिमालको हातको औँलामा समेत चोट लागेको छ ।
हिमाल बस्नेत लाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिएको छ भने अनिसको वी.पी. कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपाचार भईरहेको छ ।
फरार रहेका अन्य ब्यक्तिहरुको खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।