फुलह्याम च्याम्पियनसिप फुटबलको प्ले अफको फाइनलमा प्रवेश

0SHARES

१६ श्रावण २०७७ नेपाल टाईम्स

१६ साउन, काठमाडौं । फुलह्याम च्याम्पियनसिप फुटबलको प्ले अफको फाइनलमा पुगेको छ ।

गएराति भएको प्ले अफ सेमिफाइनलको दोस्रो लेगमा कार्डिफ सिटीसँग २-१ ले पराजित भएर पनि फुलह्याम समग्रमा ३-२ को जित निकाल्दै फाइनलमा पुगेको हो ।

फुलह्याम इङ्ग्लिस प्रिमियर लिगमा बढुवा हुने प्रयासमा छ । राति भएको खेलमा कार्डिफका लागि नेल्सनले खेलको आठौँ मिनेटमै गोल गरे । लगत्तै नवौँ मिनेटमै फुलह्यामका केबानोले गोल गर्दै खेल बराबरीमा पु¥याए ।

तर ४७ मिनेटमा टोमलिनले अर्को गोल गरेपछि २-१ ले अघि रहे पनि कार्डिफ जितबाट बन्चित हुनुप¥यो । प्ले अफको फाइनलमा फुलह्यामले अब आउँदो मंगलबार बेरन्टफोर्डसँग प्रतिष्पर्धा गर्नेछ ।

यो खेलमा विजयी हुने टिम प्रिमियर लिगमा बढुवा हुनेछ ।

Facebook Comments

विज्ञापन बक्स