फेवा किनारमा आगलागी, पाँच रेष्टुरेण्ट जलेर नष्ट

52SHARES

६ मंसिर, पोखरा ।

पोखराको फेवाताल किनारमा आगलागी भएको छ ।

ताल किनारमा रहेका रेष्टुरेण्टमा आगलागी हुँदा पाँचवटा जलेर नष्ट भएका छन् । ‘पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेका छन् । डेढ करोड भन्दा बढी क्षति देखिन्छ,’ बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले भनिन्, ‘अझै क्षतिको विवरण पूरा आएको छैन । थपिन सक्छ ।’

आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् । करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी कारण खुल्न सकेको छैन ।

छुटाउनुभयो कि?

सम्पूर्ण