बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनल प्रवेश

505SHARES

१३ चैत, काठमाडौं । बंगलादेशसँग बराबरी खेल्दै नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । अब नेपालले सोमबार हुने फाइनल खेलमा बंगलादेशसँग नै खेल्नेछ । यस बराबरीसँगै नेपाल लिगको दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । नेपालले पहिलो खेलमा किर्गिस्तानको टिमसँग गोलरहित बराबरी खेलेको थियो ।

छुटाउनुभयो कि?

सम्पूर्ण