११ चैत, एजेन्सी । बंगलादेशको कक्सबजारस्थित रोहिंग्या शरणार्थी क्याम्पमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
संयुक्त राष्ट्र संघ शरणार्थी एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार कम्तीमा १५ जनाको मृत्यु र चार सय जना बेपत्ता छन् ।
’यो विशाल छ, यो विनाशकारी छ,’ युएनएचसिआरका जोहानेस भानडेर क्लाउले भने।
उनका अनुसार पाँच सय ५० जना घाइते र ४५ हजार जना विस्थापित छन् ।
बंगलादेशी अधिकारीहरूका अनुसार आगलागी हुनुको कारणबारे अनुसन्धान गरिरहेको रोयटर्सले जनाएको छ ।
’सबै सक्यो। हजारौं घरविहीन भएका छन्,’ बालुखाली क्याम्पबाट शरणार्थी अमन उल्लाले रोयटर्ससँग भने,’आगलागी ६ घण्टापछि नियन्त्रणमा लिइएको थियो तर केही भागमा रातभर धुँवा उडेको देखिन्थ्यो।’
बंगलादेशी अधिकारीहरूले अहिलेसम्म ११ जनाको मृत्यु भएको बताएको छ ।
४० हजार क्याम्पका टहराहरू जलेको प्रकोप व्यवस्थापन र राहत मन्त्रालयका सचिव मोहम्मद मोहसिनले बताए ।
कक्सबजारका दुइटा मुख्य अस्पतालहरू पनि भत्किएका छन् । यसबारे अनुसन्धान गर्न ७ सदस्यीय समिति गठन भएको छ।