बर्दियामा बाघको आक्रमणबाट १ जनाको मृत्यु

0SHARES

१६ कार्तिक २०७७ नेपाल टाईम्स

१६ कात्तिक, बर्दिया ।

गेरुवा गाउँपालिका वडा नं ४ मा बाघको आक्रमणमा परी एक व्यक्तिको शनिबार मृत्यु भएको छ । गेरुवा – ४ राजीपुर गाउँका चौकीदार ६८ वर्षीय लहानु थारुको साँझ ६ बजे गाउँदेखि पूर्वतर्फ गेरुवा नदी किनारमा रहेको आवादी जग्गामा चरिचरणका लागि छाडिएका गोरु फर्काउने क्रममा बाघ आक्रमणमा परी मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार सो गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुन सक्छ । दुई महिनाभित्र बाघको आक्रमणमा परी बर्दियामा यससँगै ६ जनाको मृत्यु भइसकेको छ ।

विज्ञापन बक्स