बस र ट्रक आपसमा ठोक्किँदा १२ जना घाइते

0SHARES

१८ आश्विन २०७६ नेपाल टाईम्स

१८ असोज, दाङ ।
दाङको देउखुरीमा शनिबार बिहान २ बजे बस र ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–२ बराखुट्टीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना १ क ४७९३को ट्रक र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख ५१८३ नम्बरको बस एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका हुन् ।

बस चालक कैलाली घोडाघोडी नगरपालिका–१ निवासी अरुण चौधरीका साथै अन्य यात्रु पनि गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये बस चालक चौधरीलाई बुटवल र यात्रु कैलालीको गौरीगंगा नगरपालिका–१० की १९ वर्षीया प्रीति चौधरीलाई कोलपुर रिफर गरिएको छ ।

अन्यको राप्ती सेवा पोलिक्लिनिक भालुवाङमा उपचार पछि घर फर्की सकेको पोलिक्लिनिकले जानकारी दिएको छ ।

विज्ञापन बक्स