२७ कात्तिक, बाँके ।
बाँकेकाे राप्ती साेनारी गाउँपालिका २ मा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइकाे ज्यान गएकाे छ । दुर्घटनामा परी बर्दियाकाे ठाकुरबाबा नगरपालिका ३ काे नेउलापुरका २२ वर्षीय आशिष थारू र उनका भाइ १९ वर्षीय सौरभ थारूको ज्यान गएको हाे ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको मुगुवा खोला नजिकै मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
राजमार्गमा रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम गइरहेकाे ना ५५ प ९७५६ को मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दाजुभाइ घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमा ज्यान गएको हो ।