बाचा पूरा गर्न पून उम्मेद्धवारी

0SHARES

१ मंसिर २०७४ नेपाल टाईम्स

विराटनगर, ३० कार्तिक
नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ काउम्मेदवार अमृत अर्यालले मधेशीजनताको अधिकारलाई स्थापित गर्न र यो क्षेत्रको विकासमाआफूले थालेकाकामलाई पूर्णतादिनकै लागि प्रतिनिधि सभा निर्वाचनमा उठेको बताएका छन् ।

दोस्रो संविधान सभा निर्वाचनमा उपेन्द्र यादवलाई पराजित गरी निर्वाचित भएका अर्यालले जनतासँग गरेको बाचा पूरा गर्न र अधिकार स्थापित गर्न पून उम्मेदवार बनेको बताएका हुन् ।
उनी उम्मेदवार भएपछि अन्यपार्टीबाट कांग्रेसमा प्रवेश गर्नेको संख्या पनि बढेको छ । नेकपा माओवादी केन्द्रबाट कांग्रेसमा प्रवेश गरेका दीपकवीर पाण्डेले ५ नम्बर क्षेत्रमा अमृत अर्याल उठेकै कारण आफू कांग्रेसमा प्रवेश गरेको बताए ।

पाण्डे केन्द्रका क्षेत्रीय संगठन विभाग प्रमुख हुन् । जनताको दुःख सुखमा साथ दिने र विकास प्रेमी उम्मेदवार अमृत अर्याल आफ्नो क्षेत्रले पाएकाले कांग्रेसमा प्रवेश गरेको उनीहरूको भनाइ छ ।

अर्यालले ५ नम्बर क्षेत्रमा ६० करोड रुपैयाँभन्दा बढीको विभिन्न विकासका परियोजना संचालन गरेको दावि गरेका छन् । चार वर्षे कार्यकालमा ५ वटा पुल, ४३ किलोमिटर सडक निर्माण, १६ वटा विद्यालय भवन निर्माण, सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्ने सबै छात्रछात्रालाई साइकल वितरण, उत्कृष्ट अंकल्याउने विद्यार्थीलाई ल्यापटप, बाढीपीडितलाई सहयोगलगायतको काम गरेको अर्यालको दावि छ ।

विज्ञापन बक्स