बालुवाटारमा चारै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्‍त्रीको छलफल

0SHARES

७ मंसिर २०७७ नेपाल टाईम्स

७ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।

आइतबार दिउँसो ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गरेका हुन् ।

सुरक्षा निकायका प्रमुखसँग के–के विषयमा कुराकानी भयो भन्ने विषयमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीको निजी सचिवालयले यसलाई नियमित छलफल भएको बताएको छ ।

प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखसँग मुलुकको पछिल्लो समसामयिक विषयमा छलफल गरेका हुन् । छलफलमा सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा, प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका गतिविधिका विषयमा छलफल भएको स्रोतको दाबी छ ।

सरकारले प्रतिबन्धित विप्लव समूहले सातौं पुनर्गठन दिवस मनाउने तयारी गरिरहँदा सरकारले देशभरको सुरक्षा व्यवस्था कडा पारेको छ ।

विज्ञापन बक्स