२ मंसिर, एजेन्सी । भारतको बिहार राज्यमा भएको विधान सभाको चुनावमा कांग्रेसको कमजोर प्रदर्शनलाई लिएर पार्टीभित्रै विवाद देखिएको छ ।
पार्टीका वरिष्ठ नेता कपिल सिबलले खुलेर पार्टीको आलोचना गरेपछि राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले आपत्ति जनाएका छन् ।
कपिल सिबलले इण्डियन एक्सप्रेसलाई एक अन्तर्वार्ता दिँदै एक ट्वीट पनि गरेका छन् ।
उनले पार्टीले कमजोर हुँदै गइरहेको स्वीकार्नु पर्ने र फेरि मजबुत बनाउनका लागि अनुभवी दिमाग, अनुभवी हात र राजनीतिको वास्तविकतालाई बुझ्ने मानिसहरुको अवश्यकता रहेको बताए ।
उनको यो अन्तर्वार्तापछि अशोक गहलोतले कैयौँ ट्वीट गरेका छन् ।
बिहार चुनावमा कांग्रेसले राष्ट्रिय जनता दलसँग गठबन्धन गरेको थियो । कांग्रेसले प्रदेशको दुई सय ४३ मध्ये ७० सिटमा चुनाव लडेको थियो । उसले १९ सिट जितेको थियो ।