विराटनगर,असोज १९
नेपाल आयल निगमले विभिन्न तहमा विज्ञापन गरेको छ । निगमले १० औ तहको निर्देशक पदमा खुला प्रतियोगिताबाट नियुक्ती गर्ने भएको छ । निर्देशक पदको लागि स्नातकोत्तर गरी सरकारी निकायमा अधिकृत स्तरमा रहि ७ वर्षको कार्यानुभव हुनु पर्नेछ । यस्तै ८ औं तहको प्रवन्धकको लागि तीनजना कर्मचारी माग गरिएको छ ।
प्रविधिक तर्फको प्रवन्धकका लागि स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा ५ वर्षको कार्यानुभव हुनु पर्नेछ । छैठौं तहको सहायक प्रवन्धकका लागि ११ जना कर्मचारी माग गरिएको छ। यसको लागि सम्बन्धित पदका लागि स्नातक गरेको हुनु पर्नेछ । ५ औं तहको वरिष्ठ सहायकको लागि पनि ९ जना कर्मचारी माग गरिएको छ । यसकालागि प्रविणता प्रमाणपत्र तह पास गरेको हुनु पर्नेछ ।
४ तहको सहायक पदको लागि पनि ९ जना कर्मचारी माग गरेको छ । यसको लागि एसएलसी पास गरेको हुनु पर्छ । तहविहीन टेक्निसियनको लागि पनि ५ जना कर्मचारी माग गरिएको छ । यसको लागि मेकानिकल क्षेत्रमा दुई वर्षको कार्यानुभव तोकिएको छ । योग्यता पुगेका इच्छुक आवेदकले कात्तिक ७ गतेसम्म आवेदन दिन सक्ने छन ।
यसैगरी सशस्त्र प्रहरीले नयाँ भर्नाको लागि विज्ञापन खुला गरेको छ । प्रहरीले ४३ जना सशस्त्र प्रहरी निरीक्षक र दुई सय ३९ जना सशस्त्र प्रहरी सहायक निरीक्षकको लागि विज्ञापन खुला गरेको हो । योग्यता पुगेका आवेदकले असोज १९ देखि कात्तिक १८ गतेसम्म आवेदन दिन पाउने छन ।
सशस्त्र प्रहरी निरीक्षकको लागि स्नातक गरेको हुनु पर्छ साथै २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको हुनु पर्ने बताइएको छ । त्यस्तै सहायक निरीक्षकको लागि प्लस टु पास गरेको साथै १८ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनु पर्नेछ । आवेदन फाराम सशस्त्र प्रहरी कार्यालयहरु काठमाडौं, सुनसरी, महोत्तरी, चितवन, कास्की, कपिलबस्तु, सुर्खेत र कैलालीबाट पाइनेछ ।
सुचना पढ्न तल क्लिक गर्नुहोस् ः