बेलायतमा ल्याइएको नयाँ अपराध कानुनको विरोध

755SHARES

२२ चैत, एजेन्सी । बेलायतमा ल्याइएको नयाँ अपराध कानुनको विरोध भएको छ ।

प्रस्तावित विधेयकले प्रहरीलाई प्रदर्शन रोक्न, घटाउन, प्रदर्शनको समय बाँध्न र आवाजको सीमा तोक्न थप अधिकार प्रदान गर्ने भन्दै यसको विरोध भएको हो ।

नयाँ कानुनको विरोधमा बेलायतमा ठूलो संख्यामा प्रदर्शनकारीहरु सडक निस्किएका छन् ।

विधेयकको बलमा प्रहरीले आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि दमन गर्न सक्ने र यसले जनप्रदर्शनलाई हतोत्साही गर्ने भएकाले यसको विरोध भएको बताइएको छ ।

गत महिना संसदमा यो विधेयक पेश भएसँगै यसको विरोध सुरु भएको थियो । विधेयकमाथि निरन्तर विरोध भएको भन्दै बेलायती प्रधानमन्त्री बोरीस जोनसनले असन्तुष्टि जनाएका छन् ।

प्रदर्शनकारीले यो विधेयक पास हुन नहुने भन्दै ‘किल द बिल’ अभियान नै संचालन गरेका छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण