ब्राजिलको स्वास्थ्य संयन्त्र असफल बन्दै, ८० प्रतिशत अस्पताल कोभिडका बिरामीले भरिए
212SHARES


१९ चैत्र, एजेन्सी ।
ब्राजिलमा पहिलो चरणको कोरोनाभाइरस रोकथामको कार्यक्रम नै विफल भएको अबस्थामा कोरोनाको दोस्रो लहर चलेको छ ।
यो दुई चरणको संक्रमण नियन्त्रणमा त्यहाँको सरकार चुक्दा ब्राजिलमा दिनप्रतिदिन संक्रमित र मृतक संख्या बढिरहेको हो ।
स्वास्थ्य संस्था फिओक्रुजले ब्राजिलको सबै स्वास्थ्य संयन्त्र असफल भएको जनाएको छ । यहाँका सबै अस्पतालमा ८० प्रतिशत कोभिड–१९ ले भरिएको फिओक्रुजले जनाएको छ ।

रियो ग्रान्डे अस्पतालका डाक्टर पेड्रोले ब्राजिलकै कारण विश्वमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् ।
कोभिड–१९ को महामारीका वेला पनि राष्ट्रपति बोल्सोनारो लकडाउनको विपक्षमै उभिएका थिए । उनले लकडाउनले देशको अर्थतन्त्र धराशायी हुने अभिव्यक्ति दिँदै यसप्रति खासै चासो नदेखाएको आरोप छ ।
ब्राजिलमा कोरोनाको नयाँ प्रजाति फेला परेको वेला पनि राष्ट्रपतिले जनतालाई ‘रुने काम रोक्नुपर्ने’ जनाए ।
यसबाट जनता पनि उनीसँग खुसी छैनन् । राष्ट्रपतिकै खराब रणनीतिकै कारण ब्राजिलमा अहिले केवल आठ प्रतिशतले मात्र भ्याक्सिन लगाएका छन् ।
छुटाउनुभयो कि?
सम्पूर्ण