ब्राजिलमा चारजना अन्तर्राष्ट्रिय फुटबल खेलाडीमा पनि कोरोना संक्रमण

0SHARES

१७ असार २०७७ नेपाल टाईम्स

१७ असार, एजेन्सी । विश्वव्यापी महामारी कोरोनाभाइरसबाट ब्राजिलमा चारजना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि संक्रमित भएका छन् ।

संक्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिएपनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा अलग राखिएको छ ।

ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मंगलबार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी संक्रमित भएको र उनीहरुको अहिले उपचार भइरहेको पुष्टि गरेको छ ।

ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ‘ए’ लिग सुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । पूर्वनिर्धारित तालिकाभन्दा तीन महिना पछाडि सारेर सो च्याम्पियनसिप सुरु गर्ने तयारी गरिएको हो ।

ब्राजिलमा १४ लाखको हाराहारीमा कोरोनाभाइरस संक्रमित पुगिसकेका छन् भने झन्डै ६० हजारको मृत्यु भइसकेको छ । (रासस)

विज्ञापन बक्स