ब्रिक्स सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सी भारत जाने

0SHARES

११ फाल्गुन २०७७ नेपाल टाईम्स

११ फागुन, एजेन्सी । दुई देशको बीचमा तनाव साम्य भए लगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत भ्रमण गर्ने भएका छन् ।

ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलनमा भाग लिन सी भारत जाने छन् ।

यो वर्ष सम्मेलन गर्ने पालो भारतको हो र यसमा चीनले सहमति जनाइसकेको छ ।

चिनियाँ विदेश मन्त्रालयले सो सम्मेलन आयोजना गर्न भारतलाई सहयोग गर्ने र जारी सीमा विवादले असर नगर्ने उल्लेख गरेको छ ।

यस अगाडि सन् २०१६ मा भारतले ब्रिक्स सम्मेलन आयोजना गरेको थियो ।

विज्ञापन बक्स