भारतका १८ राज्यमा भेटियो कोरोना भाइरसको नयाँ भेरियन्ट

486SHARES

११ चैत, एजेन्सी । भारतका १८ राज्यमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले अहिलेसम्मको तथ्याङ्कको आधारमा भारतको बढिरहेको सङ्क्रमण र नयाँ प्रकारको ’डबल म्यूटेन्ट’ भाइरसबीच कुनै सम्बन्ध नभएको बताएको छ ।

कोरोना भाइरसको यो नयाँ प्रकार विभिन्न देशमा देखिइसकेको छ । पछिल्लो केही समयदेखि विश्वका विभिन्न देशसहित भारतमा कोरोना सङ्क्रमण फेरि एक पटक तीव्र गतिमा फैलिरहेको छ ।

नयाँ प्रकारको कोरोना भाइरसबाट नयाँ सङ्क्रमितको नमुनाका १५ देखि २० प्रतिशतमा पाइएको र ती बढी सङ्क्रामक रहेको भारतले जनाएको छ ।

भारतमा सङ्क्रमण बढेपछि राजधानी दिल्लीका विमानस्थल, बस स्टप र रेल स्टेशनहरूमा यात्रुलाई कोरोना भाइरसको परीक्षण गरिने भएको छ ।

लगातार कोरोना भाइरस सङ्क्रमण बढेर दोस्रो लहर देखिएपछि दिल्ली सरकारले यो निर्णय गरेको हो ।

गएको हप्ता मुम्बईले पनि व्यस्त ठाउँहरूमा अनिवार्य परीक्षण गर्ने निर्देशन दिएको थियो ।

भारतीय सरकारले अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा लगाएको प्रतिबन्धलाई अप्रिल ३० सम्म लम्ब्याएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण