विराटनगर, असार २०
इलामको सुर्योदय नगरपालिकाबाट अवैध रुपमा चोरी छिपाई भारततर्फ लैजादै गरेको २६ वटा चौपायासहित चार सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणम लिएको छ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले सोमबार सुर्योदय नगरपालिका ३ बाट २६ वटा गोरुसहित को १ ज २५४४, को १ ज २५४५, को १ ज ३०३२ नम्बरको पिकअप र मे १ ख २६२२ नम्बरको मिनि ट्रक तथा त्यसका चालकहरुलाई नियन्त्रणमा लिएको हो।
बरामद चौपाया, सवारी साधन र चालकलाई आवश्यक कारवाहीका लागी पशुपतिनगर भन्सार कार्यालय बुझाइएको जनाईएको छ ।