भारतबाट ५ हजार नेपाली भित्रिए

0SHARES

९ जेष्ठ २०७७ नेपाल टाईम्स

९ जेठ, काठमाडौं ।  लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ ।

झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि नेपाल फर्कने र भारत फर्कने सीमानाकामा जम्मा भएका छन् ।

भारतका विभिन्न सहरबाट सीमानाकामा आएकामध्ये बुधबार नेपालगन्ज नाकाबाट तीन हजार बढी र भारतको गौरीफन्टा नाकाबाट कैलालीमा दुई हजार बढी भित्रिएका छन् ।
स्वास्थ्य जाँचविनै उनीहरूलाई प्रवेश गराउँदा कोरोना संक्रमणको जोखिम बढेको  नयाँ पत्रिका दैनिकमा खबर छ।

विज्ञापन बक्स