भारतमा कोरोनाका ५० हजार नयाँ संक्रमित, कूल संक्रमित ७८ लाख नाघे

0SHARES

९ कार्तिक २०७७ नेपाल टाईम्स

९ कात्तिक, एजेन्सी।

भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ६५ लाख पुगेको छ । गएको २४ घण्टामा भारतमा ५० हजार नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा परवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमितमध्ये ५७८ जनाको मृत्यु भएको छ । योसहित भारतमा कोरोना संक्रमितमध्ये १ लाख १८ हजार ५३४ जनाको मृत्यु भएको छ । भारतमा अझै पनि ६ लाख ६८ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् भने ७० लाख ७८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

महाराष्ट्र राज्यमा कोरोना संक्रमणको सर्वाधिक असर परेको छ । यहाँ अझै १ लाख ४० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । राज्यमा हालसम्म ४३ हजार १५२ जनाको ज्यान गइसकेको छ । कर्नाटक राज्यमा १० हजार ८७३ तथा केरलामा एक हजार ३०६ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले शनिबारसम्म देशभर १० करोड २५ लाख नमुना परीक्षण गरेको जनाएको छ ।

विज्ञापन बक्स