२६ जेष्ठ, एजेन्सी ।
भारतमा निजी अस्पताललाई तोकिएको शुल्क लिएर कोरोनाभाइरसविरुद्धको खोप लगाउने अनुमति दिइएको छ ।
यो सँगै अब तोकिएको शुल्क लिएर निजी अस्पतालले कोरोनाविरुद्धका कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक खोप लगाउन पाउने भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयले तोकेको खोप अनुसार शुल्कसमेत निर्धारण गरेको छ । निजी कोभिशिल्ड खोपको ७ सय ८०, कोभ्याक्सिनको १४ सय १० र स्पुतनिक खोपको ११ सय ४५ भारतीय रुपैयाँ तोकिएको छ ।