भारतमा नयाँ संक्रमित भन्दा निको हुने धेरै

492SHARES

३१ वैशाख, एजेन्सी ।

कोरोनाको सुनामी खेपिरहेको भारतमा पछिल्लो चौसिब घण्टामा ३ लाख ४४ हजार ७७६ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

योसँगै भारतमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ करोड ७९ हजार ५९९ पुगेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा थप ३ लाख ४३ हजार १४४ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या २ करोड ४० लाख ४६ हजार ८०९ पुगेको छ। पछिल्लो चौबिस घण्टामा थप ४ हजार कोरोना संक्रमितको मृत्यु भएको छ।

अहिलेसम्म कुल मृतकको संख्या २ लाख ६२ हजार ३१७ रहेको मन्त्रालयले जनाएको छ। अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ४ हजार ८९३ रहेको छ।

छुटाउनुभयो कि?

सम्पूर्ण