२० कात्तिक, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।
राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले सेना प्रमुख नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् ।
नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ । भारतीय सेनाध्यक्ष नरवणे तीन दिने नेपाल भ्रमणको लागि बुधबार काठमाडौं आएका थिए ।