यमन, जेठ ३१
यमनमा भएको भीडन्तमा परी बिहीबार कम्तीमा ३९ जना लडाकूको मृत्यु भएको छ ।
यमनी विद्रोहीहरुको नियन्त्रण रहेकोभन्दा बाहिरी ठाँउ होडेइडामा ठूलो भीडन्त भएको अधिकारीहरूले जनाएका छन् ।
घटनामा परी ३० जना यमनीक हुथी विद्रोही लडाकूहरू मारिएका हुन् । होडेइडा विमानस्थलदेखि दुई किलोमिटर टाढा पर्ने ठाँउमा घटना भएको हो ।
त्यसबाहेक अरु नौ जना सरकार विरोधी लडाकूहरू पनि मारिएका छन् । उनीहरु पनि उही क्षेत्रमा मारिएको अधिकारीहरूले बताएका छन् ।
रासस