Nepal Times
Nepal Times
3
Shares

भोलिदेखि मनसुन थप सक्रिय हुनाले बाढीपहिरोको जोखिम, प्रदेश १ र २ मा बाढीको जोखिम उच्च

भोलिदेखि मनसुन थप सक्रिय हुनाले बाढीपहिरोको जोखिम, प्रदेश १ र २ मा बाढीको जोखिम उच्च

२४ असार, काठमाडौं । बिहिबारदेखि मनसुन थप सक्रिय हुने भएकाले बाढीपहिरोको जोखिम बढ्ने मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।

मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले विहिबार रातीदेखि मनसुन थप सक्रिय भइ बाढीपहिरोको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । मनसुन सक्रिय भएसँगै देशका धेरैजसो ठाउँमा लगातार पानी पर्नुका साथै तराई र पहाडका केही भूभागमा ठूलो पानी पर्ने उनले बताइन् ।

तराईका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यस्तै बाढी पूर्वानुमान महाशाखाले प्रदेश १ र २ का तराईका भूभागमा बाढीको जोखिम बढी हुने जनाएको छ । ती क्षेत्रमा पूर्वतयारीमा जुट्न सबैमा आग्रह गरिएको छ ।

यसैबीच आज पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी आज दिउँसो प्रदेश २, ५ र सुदूरपश्चिम प्रदेशमा मेग गर्जनसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले मेघगर्जनसहित पानी परिरहेको धनुषा, सिरहा, सप्तरी, मोरङ लगायतका ठाउँमा दिउँसो पानी पर्न रोकिने र राती फेरि पानी पर्ने सम्भावना छ । दिउँसो पानी पर्न रोकिए पनि यी ठाउँमा दिनभर घाम लाग्ने सम्भावना भने छैन । राति प्रदेश १, २ वाग्मती, प्रदेश ५ र सुदूपश्चिम प्रदेशमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.