भ्रष्टाचारमा संलग्न जुनसुकै व्यक्तिले अब छुट नपाउनेः ईश्वर पोखरेल

0SHARES

२३ मंसिर २०७६ नेपाल टाईम्स

२३ मंसिर, काठमाडौँ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने प्रतिवद्धता जनाएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवशरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरलेले ठूला माछा र साना माछाको प्रशंग चल्ने गरेको बताउँदै भ्रष्टाचारमा संलग्न जुनसुकै व्यक्तिले पनि छुट नपाउने प्रतिवद्धता जनाए । ‘भ्रष्टाचारका सवालमा ठूला माछा र साना माछाको प्रशंग चल्छ । उनले जुनसुकै पद र ओहोदामा बसेको व्यक्ति भएपनि भ्रष्टाचारमा संलग्न भए कोही पात्रले पनि छुट नपाउने बताए ।

उनले राजनीतिको संरक्षणमा त्यस्ता कर्महरु हुन्छन् भने तिनिहरुले छुट नपाउने कुरामा विश्वस्त हुन आग्रह समेत गरेका छन । भ्रष्टाचारीहरुलाई राजनीतिको संरक्षण हुने गरेका÷भनिएका कुनै पनि भ्रष्टाचारजन्य कामहरुले छुटन नपाउने उनले बताए । जुनसुकै तहमा रहेको राजनीतिक नेतृत्वबाट भ्रष्टाचारजस्तो दुस्कर्म भएको भेटिए दण्डनिय हुने पोखरेलले बताए । भ्रष्टाचारले नियमित, आकस्मिक र सामाजिक जीवनलाई तहसनहस गर्ने बताउँदै उनले त्यस्ता कार्यमा संलग्न व्यक्तिले कुनै न कुनै रुपले दुस्परिणाम भोग्ने कुरा सत्य भएको बताए ।

भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदमा रहेका व्यक्तिहरुले आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्पलाई व्यवहारमा रुपान्तरण गरेमात्रै दिवस मनाउनुले सार्थकता पाउने पोखरेलले बताए । उपप्रधानमन्त्री पोखरेलले सरकारी, गैह्र सरकारी, नीजि क्षेत्रहरुले सचेतना अपनाएर भ्रष्टाचारीलाई निरुत्साहन र सदाचारीर्लाइ प्रोत्साहन गर्न सकेमा सुखी र समृद्ध भविष्यको आधारशिला निर्माण हुने बताए ।

विज्ञापन बक्स