मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपाल आयोजक मलेसियामाथि हाबी देखिएको छ।
वायुमास ओभल मैदानमा भइरहेको खेलमा टस जितेर नेपालले बलिङ रोजेको छ। खेल छोट्याएर २४ ओभरको बनाइएको खेलमा नेपालले नवौ सफलता हात पारेको छ। सन्दिप लामिछानेले चार विकेट लिए भने साहब आलम र दीपेन्द्र सिंह ऐरीले २-२ तथा अनिल कुमार साहले १ विकेट लिएका छन्।