मलेसियाबाट १२ नेपाली श्रमिकको शव ल्याइयो

63SHARES

२३ चैत्र, काठमाडौं ।
मलेसियाबाट १२ जना नेपाली श्रमिकको शव आइतबार स्वदेश ल्याइएको छ ।

उनीहरूको विभिन्न कारणले मलेसियामा मृत्यु भएको थियो । यसअघि नै शव ल्याउँने भनिएता पनि वाइडबडी विमानको अभावले रोकिएको थियो ।

वैदेशिक रोजगार बोर्डका अनुसार महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोरखाका मेघबहादुर कुँवर र सूर्य विकको शव आइपुगेको हो ।

यसैगरी भोजपुरका भूपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बागलुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्ज्वल भुजेलको शव आइपुगेको छ ।

स्वदेश आइपुगेका श्रमिकको शवलाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

छुटाउनुभयो कि?

सम्पूर्ण