महरालाई हिरासतमा राख्न म्याद थपबारे जिल्ला अदालतमा बहस जारी

0SHARES

२८ आश्विन २०७६ नेपाल टाईम्स

२८ असोज, काठमाडौं । संसद सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणी गर्न खोजेको आरोप लागेका कृष्णबहादुर महरालाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप्नुपर्ने वा नपर्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा बहस जारी छ ।

महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले र सरकारी वकिल उमाकान्त पौडेलले बहस गर्दैछन् । महराको म्याद थप निवेदन हेर्न जिल्ला न्यायाधीश दीपक कुमार दाहालको इजलास तोकिएको छ । सरकारी वकिलको तर्फबाट उमाकान्त पौडेलले महरालाई अझै तीन दिन अनुसन्धानका लागि हिरासतमा राख्नु पर्ने माग गरेका छन् ।

उक्त घटनाको अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले पक्राउ गरेको दिनदेखि लागू हुने गरी १३ दिन म्याद थप गर्न पत्र काटेको थियो । ‘महरा बिरामी भएकोले उनको बयान लिन अझै तीन दिन लाग्छ । त्यसैले १३ दिन म्याद थप गर्न पाउ भन्दै’ वकिल पौडेलले माग गरेका छन् ।

विज्ञापन बक्स