विराटनगर : महालेखा नियन्त्रण कार्यालयले पठाएका उपसचिवस्तरका कर्मचारीलाई हाजिर नै नगराई विराठनगर महानगरपालिकाले फिर्ता पठाएको छ ।
महालेखाले विराटनगर महानगरपालिकाको आन्तिरिक लेखा परीक्षण शाखाका लागि उपसचिव विष्णु निरौलालाई पठाएको थियो ।
दुई महिना अघि महानगरको दरबन्दीका लागि महालेखाले पठाएका कर्मचारीलाई केही दिन अघि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली आफैँले फिर्ता पठाएका हुन् ।
महानगरले महिला तथा बालबालिका शाखा हेर्ने गरी आएकी उपसचिव देवकुमारी खत्रीलाई पनि फिर्ता पठाएको छ ।
नियमत ः मेयरले कर्मचारी फिर्ता गर्न मिल्दैन प्रमुख प्रशासकिय अधिकृतले पत्र पठाउनु पर्ने हुन्छ ।
तर दरबन्दी अनुसार कर्मचारी फिर्ता पठाउन प्रमुख प्रशासकिय अधिकृत कुमार दाहालले नमानेपछि मेयर पराजुली आफैँले फिर्ता पठाएको पत्रमा हस्ताक्षर गरी पठाएको स्रोतले जनाएको छ ।
नयाँ सांगठनिक संरचना तयार नभएसम्म नयाँ कर्मचारीलाई हाजिर नगराउने मेयर भीम पराजुलीले बताए । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।