७ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीकै बीचमा पनि चुनाव गर्न सकिने बताएका छन् ।
महामारी उत्कर्षमै रहेका बेला अमेरिका, भारत लगायतका देशमा चुनाव भएको भन्दै उनले चुनाव परिस्थितिजन्य घटना भएकाले जुनसुकै बेलामा पनि हुन सक्ने बताए ।
बालुवाटारमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले तोकिएका स्वास्थ्यका मापदण्ड अपनाएर चुनाव गराउन समस्या नहुने बताए ।
यस्तै अहिले अक्सिजनको अभाव हट्न थालेको, अस्पतालमा शय्या लगायतको क्षमता बढेको, खोप सबैलाई नसके पनि सकेसम्म धेरैलाई लगाइने भएकोले केही समयमा अवस्था सामान्य बन्दै जाने र त्यसपछि चुनाव गर्न समस्या नहुने उनले बताए ।
संसद् विघटन नै नभए पनि फागुनमा पालिकाको चुनाव गर्नैपर्ने बाध्यता भएकोले केही अघि संसद्को चुनाव गर्न पनि असम्भव नरहेको ओलीको भनाइ छ ।