माल्टा पठाइदिन्छु भन्दै ४९ लाख ठगी गर्ने युवक पक्राउ

0SHARES

२२ आश्विन २०७७ नेपाल टाईम्स

२२ असाेज, काठमाडौं ।
माल्टा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी नगद ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका-९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त नगद ठगी गरी फरार भएका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

विज्ञापन बक्स